Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारतले गरेको लिपुलेक र कालापानी अतिक्रमणको बिरोधमा अनेरास्ववियुको प्रदर्शन


    शुक्रबार, बैशाख २६ २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २६ बैशाख । कोरोनाभाइरस (कोभिड–१९) महामारीले विश्व आक्रान्त भएको बेला भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । कोरोना महामारीका बीचमा भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो । 

    भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने मार्गको उदघाटन गरेपछि सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले शुक्रबार त्यसको बिरोधमा जुलुस प्रदर्शन गरेको छ । लकडाउनका बीच पनि अनेरास्ववियुले भारतले नेपाली भूमि मिचेकोमा बिरोध प्रदर्शन गरेको हो । ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय बिस्तारवाद मूर्दावाद’  जस्ता नारा प्रदर्शनमा लगाइएका थिए । 

    हेर्नुहोस् अनेरास्ववियुको बिरोध प्रदर्शन

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार