काठमाडौं, २६ वैशाख । कोरोनाभाइरस (कोभिड–१९) महामारीले विश्व आक्रान्त भएको बेला भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । कोरोना महामारीका बीचमा भारतले नेपाली भूमि मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि उसको विस्तारवादी चरित्र उजागर भएको छ । कोरोना भाइरससँग मात्र होइन, नेपालका सत्तारुढ दलका नेताहरु आपसमै मारामार गरेको मौकामा भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने मार्गको उदघाटन गरेको छ ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार उदघाटन गरेका छन् । भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमि मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । यो सन् १८१६ को सुगौली सन्धि विपरीत पनि हो । सन्धि अनुसार काली (महाकाली) नदी पूर्वको सम्पूर्ण भूभाग नेपालको हो ।
रक्षामन्त्री सिंहले कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको आज भिडियो कन्फ्रेन्समार्फत् उदघाटन गरेका छन् ।
भारतले नेपाली भूमि मिचेर मानसरोबर जाने मार्गको उदघाटन गरेपछि अनेरास्ववियुले शुक्रबार त्यसको बिरोधमा जुलुस प्रदर्शन गरेको छ । लकडाउनका बीच पनि अनेरास्ववियुले भारतले नेपाली भूमि मिचेकोमा बिरोध प्रदर्शन गरेको छ । ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, भारतीय बिस्तारवाद मूर्दावाद’ जस्ता नारा प्रदर्शनमा लगाइएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend