Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली र प्रचण्डबीच भेटवार्ता 


    शुक्रबार, बैशाख २६ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ, २६ बैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा  प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
     शुक्रबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताए।

    दुई अध्यक्षबीच संसदको बजेट अधिवेशन र स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको थियो।

    संसदको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ। त्यस्तै दुई अध्यक्षबीच कुरा मिल्न नसक्दा नेकपा  स्थायी कमिटी बैठक समेत बस्न सकेको छैन।

    वैशाख २५ गतेका लागि बोलाइएको स्थायी कमिटि बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार