Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जंगली च्याउ खाएर एक जनाको मृत्यु


    शुक्रबार, बैशाख २६ २०७७
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • खाँदबारी, बैशाख । जङ्गली च्याउ खाएर संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा  एकको मृत्यु भएको छ ।

    जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराती विराटनगरको नोबेल अस्पतालमा मुत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए । बिरामी परेकी राईलाई यही २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । सो अस्पतालले उनलाई यही २३ गते नोबेल रिफर गरेको थियो ।

    गत शनिबार मनिलाका श्रीमान् सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्यबहादुर लिम्बू, मनिलाकी छोरी तीन वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकाङ्क्षा बिरामी भएका प्रहरीले जनाएको छ । बिरामी परेकामध्ये पाँचजना उपचारपश्चात् घर फर्किएको अस्पतालकी प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार