Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एक सिलिन्डरमा ७ किलोसम्म ग्याँस निकालेर ठगी गर्ने श्रेष्ठ पक्राउ पर्नासाथ छुटे 


    शुक्रबार, बैशाख २६ २०७७
    860
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २५ बैशाख । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनको संयुक्त टोलीले कपन आकाशेधाराका सिलिन्डरमा कम तौल ग्यास राखी बिक्री गर्ने अमित ग्याँस सप्लायर्सका अमित श्रेष्ठलाई बुधबार पक्राउ गरेको थियो । कपन आकाशेधाराको अमित ग्याँस सप्लायर्सले भरी सिलिन्डरबाट १ किलोदेखि ७ किलोसम्म ग्याँस निकालेर खाली सिलिन्डरमा हाली बिक्री गर्दैआएका थियो । एउटा सिलिन्डरमा ७ किलोसम्म ग्याँस कम भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    कपन प्रभागका इन्चार्ज इन्स्पेक्टर शेखर मल्लका अनुसार  अमित श्रेष्ठले  पाइपको माध्यमबाट भरी सिलिन्डरबाट खाली सिलिन्डरमा ग्याँस हाली उपभोक्तालाई एक सिलिन्डरमा १ देखि ७ किलोसम्म कम तौलको ग्याँस बिक्री गरेको भेटिएपछि गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंलाई जिम्मा लगाएको बताए । नापतौल कार्यालयका कर्मचारीको रोहबरमा अमित ग्याँस सप्लायर्सबाट कम तौलका ७५ सिलिन्डर पनि जफत गरिएको उनले जानकारी दिए । अमित श्रेष्ठले २ सय सिलिण्डर कम तौलका ग्याँस बिक्री गरेको स्वीकार गरेको पनि मल्लले बताएका छन् । 

    प्रत्येक ग्यासको सिलिन्डरमा एकदेखि ७ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गर्ने कपनका श्रेष्ठलाई प्रहरीले पक्राउ गरे पनि गुणस्तर तथा नापतौल कार्यालयले भने ३ दिनमा उपस्थित हुनेगरी बुधबारै छाडेको थियो । कम तौलको ग्याँस बिक्री गरी एक सिलिन्डरमा ७ सय रुपैयाँ ठगी गर्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गर्दा पनि छाडिएकोबारेमा गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका प्रमुख राकेशकुमार झाले भने–प्रहरी र नापतौल कार्यालयको संयुक्त टोलीले सिलिन्डरबाट ग्याँस झिकेर अर्को ग्याँसमा भर्ने गरेको भेटिएको थियो । कम तौलका सिलिन्डरसहित ३ दिनभित्र उपस्थित हुन भनेका छौं । उहाँहरु आइसक्नुभएको छ, आवश्यक कारबाही हुन्छ ।’ 

    अमित ग्याँसका श्रेष्ठले कम तौलको ग्याँस सिलिण्डर दिएर एकातिर उपभोक्ता ठगी त गरेकैछन्, अर्कोतिर ग्याँस जस्तो संवेदनशील कुरा जोखिमपूर्ण ढंगले निकालेर दुर्घटना निम्त्याउने काम गरेका छन् । गुणस्तर तथा नापतौल कार्यालय काठमााडौंका प्रमुख झाले स्ट्यान्डर्ड नापतौल ऐन २०२५ अनुसार  हदैसम्मको कारबाही हुने बताएका छन् । नापतौल ऐन अनुसार उनीमाथि सरकारी वकिलको राय लिएर ३ बर्ष कैद र जरिवाना माग गरी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।  

    अमित ग्याँस सप्लायर्सबाट नापतौल कार्यालयका प्रतिनिधिसहितको प्रहरी टोलीले सोही डिपोमा खानतलासी गर्दा सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद गरेको थियो ।

    बुढानिलकण्ठ -१३ चुनिखेलबाट पनि कम तौलको ग्याँस बिक्री गरेको भेटिएपछि नापतौल कार्यालयले कारवाही प्रकृया अगाडी बढाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार