Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न चीनले सहयोग गर्ने 


    शुक्रबार, बैशाख २६ २०७७
    860
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २६ बैशाख  ।   विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई कोरोना भाइरस (कोभिड १९) को उत्पत्तिको विषयमा अनुसन्धानको लागि चीनले सघाउने बताएको छ । यद्यपि चीनले यो अनुसन्धान राजनीतिक नभई वैज्ञानिक हुनुपर्ने माग गरेको छ ।

    अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण गरिएको छ र यसको जाँच हुनुपर्ने माग राख्दै आएको छ । साथै उसले कोरोना भाइरसबारे पारदर्शी नबनेको र आफ्नो मुलुकमा नै यो भाइरसलाई नियन्त्रण गर्न नसकेको आरोप चीनमाथि छ ।

    यद्यपि चीनले भने यी सबै आरोप अस्वीकार गर्दै आएको छ । चीनले पनि कोरोना भाइरसको उत्पत्ति चीनबाहिर नै भएको दाबी गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले अमेरिका एक झुट लुकाउन अर्को झुट बोलिरहेको आरोप लगाएका थिए ।

    कोरोना भाइरसको महामारीमा चीन र अमेरिकाको सम्बन्ध झनै चिसिएको छ । यो महामारीले समग्र विश्वलाई नै एक स्थानमा ल्याउने अपेक्षा गरिएको थियो । तर, त्यसको विपरीत चीन र अमेरिका यो महामारीबारे आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।

    स्रोत : बीबीसी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार