Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट बजेट अधिवेशन शुुरु हुँदै 


    शुक्रबार, बैशाख २६ २०७७
    665
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २६ बैशाख । संसदको वर्षे अधिवेशन  आज शुरु हुँदैछ । बैठक अपराह्न ४ बजे  संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभाको बैठक संयुक्त रुपमा बस्नेछ । कोरोना भाइरसको संक्रमण हुन नदिन सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था मिलाइएको छ । सचिवालयले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सबै तयारी पूरा गरेको जनाएको छ ।

    यसका लागि हिजो दिनभर सांसदहरुको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो भने छुटेकाहरुको आज पनि स्वाब संकलन गरिने छ । सांसदहरुले कोरोना नभएको रिपोर्ट देखाएर मात्रै संसदमा प्रवेश पाउने छन् ।

    जनप्रतिनिधिहरु, कर्मचारी र पत्रकारहरु सबैलाई कोरोना संक्रमण भए–नभएको यकिन गरेर मात्र संसद भवनमा प्रवेश दिइने व्यवस्था मिलाइएको सचिवालयले जानकारी दिएको छ ।
    पत्रकारलाई कलम र डायरी लैजान प्रतिबन्ध लगाइएको संसद सचिवालयले सूचना निकालेर जानकारी गराएको छ ।

    जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ भन त्यस अगाडि पूर्व बजेट छलफल गर्नपर्ने भएकाले कोरोनाको जोखिमकै बीचमा पनि बैठक सञ्चालन गर्न लागिएको हो । मिनी संसद मानिे संसदीय समितहरुले त आफ्ना बैठकहरु शुरु गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार