Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा कोरोना संक्रमितको संख्या ५३ हजारभन्दा बढी 


    बिहिबार, बैशाख २५ २०७७
    745
    Shares
  • २ मिनेट पाठ
  • भारत, २५ बैशाख । भारतमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमितको संख्या बिहीबारसम्म ५३ हजार ४५ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    बिहीबार बिहानको तथ्याङ्कअनुसार यस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७८३ जना पुगेको छ । संक्रमणबाट निको भएका विरामीको संख्या १५ हजार २६६ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्म यो रोगका ३५ हजार ९०२ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् ।

    कोभिड-१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १६ हजार ७५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ६ हजार ६२५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ५३२ जना विरामी छन्।

    कोराना भाइरसको ९कोभिड–१९ को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

    भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । रासस(एएनआई

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार