बारा, २५ बैशाख । नेपाल भारतमा सीमा एक हुल भारतीय आएर सशस्त्र प्रहरीमाथि आक्रमण गरेका छन्। बिहीबार दिउँसो बाराको कबहीगोठस्थित नेपाल भारत सीमामा एक हुल भारतीयले प्रहरीमाथि आक्रमण गरेका हुन ।
प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठका अनुसार करिब सय जना भारतीय नेपाल प्रवेश गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।
उनले भने, पहिले दुई जना खेतिपाती गर्ने भनेर नेपाल प्रवेश गर्न खोजेका रहेछ । सीमा ड्युटीमा रहेकाले उनीहरूलाई आउन नदिएपछि फर्किएर गएर अरू मानिस बोलाएछन्।’
भीडमा आएकाहरूले सशस्त्र प्रहरीको चेकपोष्टमा ढुंगामुढा गरेका थिए। ढुंगामुढाबाट चेकपोष्टमा क्षति पुगेको छ। हवाई फायरपछि भारतीयहरू भागेको डिआइजी श्रेष्ठले बताए।
उनका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने बढेपछि दुबै पक्षका सुरक्षा अधिकारीबीच अहिले छलफल भइरहेको छ।