Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वभर ९० हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित 


    बिहिबार, बैशाख २५ २०७७
    605
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २५ बैशाख ।  विश्वभर ९० हजारभन्दा बढी स्वास्थकर्मी कोरोना भाइरस संक्रमित भएका छन् । इन्टरनेशनल काउन्सिल अफ नर्सेज (आईसीएन) का अनुसार अनुसार कोरोना भाइरस संक्रमित विरामीको उपचारमा संलग्न भएका ९० हजार जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित भएका हुन ।  

    विश्वभर स्वास्थ्यकर्मीका लागि पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामग्रीको अभाव विश्वभर भइरहेको समाचार आइरहेको समयमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

    हालसम्म कोरोना भाइरसको कारण दुई सय ६० नर्सको मृत्यु भइसकेको आईसीएनले बताएको छ । आईसीएनका सीईओ होवार्ड केटनले विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या अझै बढी हुन सक्ने बताएका छन् ।

    आईसीएनले एक सय ३० मुलुकको नर्सिङ एसोसिएसनहरुले दिएको सूचनाको आधारमा उक्त आकलन गरेको हो । आईसीएनमा विश्वभरका एक सय ३० राष्ट्रिय एसोसिएसन र २ करोड दर्ता भएका नर्स आबद्ध छन् ।

    विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रहरुबाट संक्रमित स्वास्थ्यकर्मीको तथ्यांक पाउन नसकिएको बताएको छ । अप्रिल ११ मा डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्यांकमा कम्तीमा २२ हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको उल्लेख थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार