Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  कोरोना परीक्षणका लागि सभामुख सापकोटाको स्वाब संकलन


    बिहिबार, बैशाख २५ २०७७
    625
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २५ वैशाख । कोरोना संक्रमणका बीच संसदको बजेट अधिवेशन भोलिबाट सुरु हुँदैछ । बजेट अधिवेशनमा भाग लिनका लागि सांसदहरुलाई सामाजिक दूरीसहित भाग लिनसक्ने ब्यवस्था मिलाइएको छ । र, संसदमा भाग लिनका लागि पीसीआर प्रविधिबाट दुवै सदनका सांसदको कोरोना परीक्षण भइरहेको छ ।

    आज भएको कोरोना परीक्षणको रिपोर्ट भोलि आएपछि मात्र सांसदहरुले बैठकमा भाग लिन पाउनेछन् । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको छ । 

    संघीय संसदको अधिवेशन सुरु हुनुअघि सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णय अनुसार सापकोटाको पनि स्वाब संकलन गरिएको हो । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभामुख सापकोटासहित सबै सांसदको स्वाब लिने कार्य जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार