Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ड्युटीमा  खटिएका प्रहरी हवल्दारको मृत्यु


    बिहिबार, बैशाख २५ २०७७
    850
    Shares
  • १ मिनेट पाठ
  • सप्तरी, २५ बैशाख । सप्तरीमा  ड्युटीमा  खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी तिलक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत बिहीबार बिहान ३७ वर्षीय मगरको एक्कासी मृत्यु भएको भारतीले बताए ।

    मृतक प्रहरी हबल्दार उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।

    यसअघि सप्तरीमै एक जना सशस्त्र प्रहरीका असईको पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो ।

    भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका ९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको सोमबार मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार