Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • व्यवस्थापन गर्न नसके मुलुक पुनः लकडाउनमा जान सक्छ- डब्लुएचओ


    बिहिबार, बैशाख २५ २०७७
    600
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी, २५ बैशाख । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले  कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने बिश्व स्वास्थ ( डब्लुएचओ) ले चेतावनी दिएको छ।

    कोरोना प्रभावित मुलुकलाई 'एकदमै सावधानीपूर्वक र चरणबद्ध रुपमा' कोरोनाको व्यवस्थापन गर्न उनले सुझाब दिएको हो।
    संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले यसका लागि विश्वका मुलुकहरूले पछ्याउनुपर्ने कदमहरु प्रस्तुत गरेका छन्।

    यसमा निगरानी नियन्त्रण र स्वास्थ्य प्रणालीको तयारी लगायतका सुझावहरु समावेश छन्।

    'यदि लकडाउनपछिको संक्रमणकालिन अवस्थालाई एकदमै ध्यानपूर्वक चरणबद्ध रुपमा व्यवस्थापन नगरे पुनः लकडाउन फर्किनुपर्ने खतरा छ', जेनेभामा उनले भने ।

    त्यसैगरी उनले कोरोना संक्रमणको खतरा अझै रहेकाले स्वभाविक लयमा फर्किन सम्भव नभएको पनि बताए।
    उनले स्वास्थ्य प्रणालीमाथिको लगानीमा जोड दिए ।
    'कोरोना अन्ततः कम हुनेछ तर पहिलाजस्तै लयमा फर्किने भन्नेचाँहि हुनेछैन', उनले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार