Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • किन स्थगित भयो नेकपाको स्थायी समिति बैठक ?


    बुधबार, बैशाख २४ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २४ वैशाख । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा चर्काचर्कीपछि भोलि बोलाइएको स्था कमिटीको बैठक स्थगित भएको छ ।

     बुधबार बेलुका भएको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक ब्यक्ति एक पदको अवधारणा लागू हुनुपर्ने कुरा उठाएपछि चर्काचर्की परेको थियो । चर्काचर्कीका बीचमा प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट बाहिरिएिका थिए । प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएपछि सचिवालयको बैठक विनानिष्कर्ष टुंगिएको थियो । र, बिहीबार बोलाइएको स्थायी समिति बैठक पनि स्थगित भएको छ ।

    बैशाख २० मा बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाएको थियो । तर अध्यक्षद्वय ओली र दाहालले प्रस्ताव तयार पार्न नभ्याएकाले स्थायी समिति बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार