Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा उपाध्यक्ष गौतम र प्रचण्डबीच भेटवार्ता


    बुधबार, बैशाख २४ २०७७
    1.2K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ, २४ बैशाख । नेकपा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटमा  पार्टी एकताबारे छलफल भएको छ ।

    यसबीचमा बामदेव प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ चार नेताको मात्र अलग छलफल भएको थियो । सो छलफलमा बामदेवले विश्वासघात गरेको चर्चा भएको थियो ।गौतमले प्रचण्डलाई भेटेर आफू ओली गुटमा नलागेको र पार्टी बिभाजन हुनु हुँदैन भन्ने पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री पछिल्लो सहमति र पार्टी निर्णय अनुसार नै चल्नुपर्ने धारणा बामदेवले राखेको निकट स्रोतले जनाएको छ ।

    दुई अध्यक्ष मिलेर स्थायी कमिटीमा प्रस्ताव ल्याउनु राम्रो हुने गौतमको सुझाव छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंसिर ४ को सहमति अनुसार एकजनाले सरकार र अर्कोले पार्टी कामको नेतृत्व गर्ने समझदारी अनुरुप प्रस्ताव ल्याउने भनिए पनि दुई अध्यक्षको कुरा नमिलेकाले प्रस्ताव लेखन अघि बढेको छैन । सचिवालय बैठक बुधबार दिउँसो ३ बजे बस्ने तय भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार