कञ्चनपुर, २० फागुन । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वमै त्रास सृजना गरेको छ । नेपालमा कोरोना संक्रमित अहिलेसम्म कसैमा देखिएको छैन । तर पनि कोरोना संक्रमणको प्रभाव रोक्न नेपालबाट भारत जाने नेपालीलाई मास्कबिना प्रवेशमा प्रतिबन्ध लगाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको नेपाल–भारत सीमा (गड्डाचौकी) नाकाबाट भारत प्रवेश गर्ने नेपालीलाई मास्कबिना प्रवेशमा प्रतिबन्ध लगाएको हो ।
नेपालबाट कोरोना भारत भित्रिनसक्ने आशंकामा भारतले कञ्चनपुरको गड्चौकीमा रहेको सीमामा मास्क अनिवार्य गरेको हो । यद्यपि भारतबाट नेपाल आउनेलाई भने मास्क अनिवार्य गरिएको छैन ।