काठमाडौं, २३ बैशाख । नेपालगंजमा दुई दिनको अन्तरालमा २२ जनामा कोरोना संक्रमण देखिएपछि कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले लकडाउन जेठ पहिलो सातासम्म लम्ब्याउने सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा सरकारले जेठको पहिलो हप्तासम्म लकडाउन थप्ने छ ।
समितिको २४ औं बैठकले लकडाउन थप्न सिफारिस गरेको छ । लकडाउन थपबारे बुधबारको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन् ।
आजको समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत थिए । उनले लकडाउनलाई कसरी अघि बढाउनेबारे मन्त्रीहरुको सुझाव लिएका थिए । धेरैले जेठपछि मात्र खुकुलो बनाउँदै लैजानुपर्ने बताएका थिए ।
सरकारले कोरोना संक्रमण रोक्नका लागि लकडाउन गरेको ४३ दिन बितिसकेको छ ।