Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गभर्नर अधिकारीको यति धेरै सम्पत्ति ?


    मंगलबार, बैशाख २३ २०७७
    785
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २३ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति विवरण सार्वजनिक भएपछि उनी दसौं करोडपछि रहेको पुष्टी गरेको छ । उनले सार्वजनिक गरेको सम्पती विवरणअनुसार अधिकारी र उनकी श्रीमती सरिताको नाममा करोडौं सम्पत्ति छ ।

    यसैगरी आफू, श्रीमती र दुई छोराछोरीका नाममा विभिन्न कम्पनीका ५५ हजारभन्दा बढी कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । इन्भेष्टमेन्ट फन्डमा ५० लाख रुपैयाँसहित विभिन्न कम्पनीका धितोपत्रमा १ करोड ७ लाख रुपैयाँ लगानी रहेको उल्लेख छ । मध्य तमोर कम्पनीलाई ५० लाख ऋण दिएको उल्लेख छ ।

    सुन वा सुनको गहना करिब २७ तोला र ५० तोला चाँदी रहेको उल्लेख छ । उनले आफ्नो एकल परिवारका सदस्यको नाममा विभिन्न बैंक खातामा १२ लाख २४ हजार ६ सय रुपैयाँ रहेको बताएका छन् ।

    अधिकारीले आफ्नो नाममा ललितपुरको सैंबु ८ मा ०–१३–३–१ रोपनी र मकवानपुरको हेटौंडा १ हटियामा ०–०२–०० कठ्ठा जग्गा रहेको उल्लेख गरेका छन् । यसैगरी श्रीमतीको नाममा झापाको साविक सुरुङ्गा गाविस वडा नम्वर १ मा ०–१६–१८ बिघा, ०–१२–४ बिघा, ०–७–४ बिघा, १–५–४ बिघा रहेको उल्लेख छ ।

    ललितपुरको छम्पी गाविसका तीन छुट्टै ठाउँमा ४–१०–०–० रोपनी, २–१५–०–० रोपनी र २–६–०–० रोपनी जग्गा श्रीमती सरिताको नाममा रहेको सम्पत्ति विवरणमा उल्लेख छ । ललितपुरमै उनीसँग करिब नौ रोपनी जग्गा देखिएको छ । 
    उनी नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकाश पाएपछि लगानीबोर्डको सीईओ भएका थिए । बोर्डको सीईओ हुँदा मासिक ३ लाख भन्दा बढी तलव खानेबाहेक उनले करिब ४ बर्षको दौरानमा केही काम नगरे पनि उनी गभर्नर नियुक्त हुने भाग्यमानीमा परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार