Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६ एसपीको सरुवा


    मंगलबार, बैशाख २३ २०७७
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २३ बैशाख । नेपाल प्रहरीले १६ एसपीको सरुवा गरेको छ । मंगलबार निकालिएको सरुवामा सरुवामा यसअघि काजमा खटाइएका एसपीहरुलाई दरबन्दी कायम गरिएको छ । बाराका कृष्णप्रसाद पंगेनी, पर्साका गंगा पन्त,  कैलालीका अनुपमशमेशर जबरा, पश्चिम नवलपरासीका अजय केसी, बर्दियाका केदार रजौरे, दाङका गणेश चन्द र सुनसरीका कमल थापा, चितवनका नान्तिराज गुरुङ र कर्मचारी प्रशासनका जनार्दन जीसीको दरबन्दी कायम गरिएको छ । 

    त्यसैगरी,  चक्रबहादुर सिंह २ नम्बर गण, दिनेशराज मैनाली यूएन जगेडा, विकासराज खनाल ५ नम्बर प्रदेश दंगागण, बिमलराज कँडेल स्याङ्जा, मनोजकुमार यादव १ नम्बर प्रदेश दंगा गण, शारदाप्रसाद चौधरी बागलुङ र सुरेन्द्रप्रसाद मैनाली पहरा गणमा सरुवा भएका छन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार