Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमैत्रीटोल सुधार समितिद्धारा चिल्ड्रेन होमलाई राहत हस्तान्तरण 


    मंगलबार, बैशाख २३ २०७७
    1K
    Shares
  • १ मिनेट पाठ
  • वासुदेव पौडेल

    ललितपुर, २३ बैशाख । जनमैत्री टोल सुधार समितिले महालक्ष्मी नगरपालिका–५  मा रहेको होप राइजिङ चिल्ड्रेन होमलाई खाद्यसामग्री सहयोग गरेको छ । समितिले मंगलबार अनाथ र असहाय बालबालिकाको शिक्षा तथा पालनपोषण गर्दै आएको होमलाई राहत सहयोग गरेको हो । होममा २८ जना बालबालिका आश्रित छन् । लकडाउनको बेला अनाथालयका बालबालिका भोकै नपरुन् भनेर समितिले सहयोग गरेको हो । समितिले चिल्ड्रेन होमका अध्यक्ष नन्दऋषि आचार्यलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।

    राहत हस्तान्तरण कार्यक्रममा महालक्ष्मी नगरपालिका – ५ का वडा अध्यक्ष राजकुमार सिलवाल, खेलाडी तथा  बक्सिङका प्रशिक्षक प्रकास थापामगर, जनमैत्री टोल सुधार समितिका अध्यक्ष तिलकराम सापकोटा लगायतका पदाधिकारीको उपस्थिति थियो । 

      त्यस्तै जनमैत्री टोल सुधार समितिले  आफ्नो सामाजिक जिम्मेबारी अन्तर्गत आफ्नो टोलमा कोरोना संक्रमण हुनबाट बच्न सचेतना कार्यक्रम तथा अनाबश्यक सवारी साधनलाई समेत रोक लगाएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार