Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किटको अभावले गर्दा पाँच दिनदेखि पीसीआर ल्याब बन्द


    मंगलबार, बैशाख २३ २०७७
    1K
    Shares
  • २ मिनेट पाठ
  • चितवन, २३ बैशाख  । मुलुकमा कोरोना भाइरसको जोखिम थप्दै गई रहेका बेला कोरोना भाईरस परिक्षणको लागि आवश्यक पर्ने कीट अभाव हुँदै गएको छ । किटको अभाव भएसंगै कोरोना परिक्षणमा समेत समस्या भएको छ ।

    रिएजेन्ट किटको अभावले चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब पाँच दिनदेखि बन्द भएको छ ।

    भरतपुर अस्पताल मातहत रहेको ल्याब रिएजेन्ट किट अभावमा बन्द भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनका अनुसार आवश्यक रिएजेन्ट स्वास्थ्य मन्त्रालयसँग माग गरिएको छ ।
    बुधबार वा बिहीबारसम्म किट आइपुग्ने उनले दावी गरे । दोस्रो पटक ल्याइएको एक सय वटा कीट समेत सकिएपछि प्रयोगशाला नै बन्द भएको हो । ल्याब बन्द भएपछि कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुको परीक्षणमा समस्या भएको छ ।

    अहिले स्वाब संकलन गरि हेटौडास्थित ल्याबमा पठाइएको सूचना अधिकारी पौडेलले जानकारी दिए । वैशाख २० गते २८ जनाको र २२ गते १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको छ ।त्यसमध्ये २० गते पठाइएका २८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने, १२ जनाको आउन बाँकी छ । भरतपुर प्रयोगशालामा अहिलेसम्म ५७३ भन्दा बढीको पिसिआरबाट कोरोना परीक्षण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार