Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महासचिव गौतमद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण


    मंगलबार, बैशाख २३ २०७७
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २३ बैशाख । मंगलबार दिउँसो संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम पद तथा गोपनियताको सपथ लिएका छन्। उनलाई सभामुख अग्निप्रसाद सापकोटाले  सपथ खुवाएका हुन्।

     सपथ कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासहित विभिन्न  पार्टीका संसदीय दलका नेता, सचेतक र समिति सभापतिहरू उपस्थिति थिए।

    यसअघि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा नियुक्त गरेकी थिइन्।

    गौतम यसअघि संसद सचिवालयका सचिव थिए। गौतमले प्रशासनिक सुधार र कार्यसम्पादन व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गरेका छन्। उनी २०५१ सालमा संसद सेवा प्रवेश गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार