Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाबाट बच्न डाक्टरको सल्लाह यस्तो छ


    मंगलबार, फाल्गुन २० २०७६
    780
    Shares
  • ३ मिनेट पाठ
  • – डा. रवीन्द्र पाण्डे
    सुरुमा चीनको वुहान प्रान्तमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण अहिले विश्व आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ ।
    हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो ।
    रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।
    १. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन ऋ, द्यट, भ्,  श्ष्लअ लगायत पोषण पाउने खाना सेवन गरौँ ।

    २. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।

    ३. घाममा बसौं ।

    ४. नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।

    ५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरांैं ।

    ६. बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ ।

    ७. लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तील, मरौटी, दालचिनी, खुर्सानी, ल्वाङ, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।
    ८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।
    ९. पर्याप्त मात्रामा सुतौंं ।
    १०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

    ११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।
    १२. दिल खोलेर हाँस्ने गरौँ ।
    १३. नियमित चिया र कफी (दुध र चिनी नहालेको) सेवन गरौँ ।

    १४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

    १५. सरसफाइमा अल्छी नगरौंं ।

    डा.रविन्द्र पाण्डे डाक्टर पाण्डे जनस्वास्थ्यविज्ञ हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार