बारा, २३ बैशाख । मंगलबार बिहान बाराको विश्रमपुर गाउँपालिका-४ मा भारतीय सीमा सुरक्षा बल(एसएसबी) र स्थानीयबीच कुटाकुट भएको छ।
एसएसबीको टोलीले सीमा नजिकैको खेतमा जाँदा एक स्थानीयमाथि कुटपिट गरेका थिए।
कुटपिट गरेको थाहा पाएपछि स्थानीय जम्मा भएर एसएसबीमाथि ढुंगामुढा गरेको वडा-४ का वडाध्यक्ष मदनप्रसाद यादवले बताए।
सोमबार पनि भारतमा रहेकी बहिनीलाई तरकारी पुर्याउन जाँदा एसएसबीबीच झडप भएको थियो।
उनले भने'करिब १०/१२ जना सामान्य घाइते छन् ।
त्यस्तै, अहिले दुबैतर्फ सुरक्षाकर्मी परिचालन गरिसकेको एसपी कृष्ण पङ्गेनीले जानकारी दिए।
'ठूलो रूप लिन पाएन,'उनले भने,'अहिले स्थिति सबै सामान्य छ।'