Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निषेधित क्षेत्र तोड्न खोज्ने व्यापारी र प्रहरीबीच झडप 


    मंगलबार, बैशाख २३ २०७७
    1.4K
    Shares
  • २ मिनेट पाठ
  • बाँके, २३ बैशाख । आइतबार एकैपटक १५ जनामा कोरोना संक्रमण देखिएपछि मानिसहरु घर बाहिर ननिस्कून् भनेर बाँके जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ । तर मंगलबार निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । 

    झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफोड गरिएको छ । बजार बन्द गराउनेक्रममा स्थानीय व्यापारीको समूहले प्रहरीको गाडीमा तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ ।

    निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासी प्रहरीमाथि हातपात गरेका थिए । प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

    बजार बन्द गराउने क्रममा प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई आज बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म ९तीन दिन० का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

    निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्ति बाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाही समेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

    सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार