Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जंगली च्याउ खाएर एकै परिवारका ५ जना बिरामी


    मंगलबार, बैशाख २३ २०७७
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • चितवन, २३ बैशाख  ।विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जंगलबाट ल्याएको विषालु च्याउ खादा देवघाट नगरपालिकाका एकै परिवारको पाँच जना बिरामी भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिरामी हुनेमा देवघाट गाउँपालिका–५ का ४२ वर्षीय कृष्णबहादुर भुजेल, उनको श्रीमती ४० वर्षीया गौरीमाया, छोरा २१ वर्षीय तीर्थबहादुर, १७ वर्षीय मीनबहादुर र १५ वर्षीय धनलाल रहेका छन् ।उनीहरू सोमबार बिहान घरनजिकैको वनबाट ल्याएको च्याउ खाँदा बिरामी परेका थिए । बिरामी परेपछि उनीहरूलाई सोमबार दिउँसो उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।

    बिरामीहरुमध्ये कृष्णबहादुर र धनलाल गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर बिरामीको पुरानो मेडिकल कलेजमा सघन उपचारकक्षमा उपचार भइरहेको छ भने अन्यको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसअघि शनिबार र आइतबार जिल्लामा १२ जना विषालु च्याउ खाँदा बिरामी परेका थिए ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार