Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालगन्ज ३ दिनका लागि निषेधित क्षेत्र घोषित


    मंगलबार, बैशाख २३ २०७७
    1.4K
    Shares
  • १ मिनेट पाठ
  • नेपालगन्ज  — लकडाउन थप प्रभावकारी बनाउने भन्दै बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिकालाई तीन दिनलाई पूर्ण निषेधित क्षेत्र घोषणा गरेको छ ।
    जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्ज उपमहानगरपालिकालाई पूर्णत निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

    बिहीबार मध्यरातिसम्मका लागि यो निर्णय लागु गरीएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । मंगलबार बिहान ११ बजेदेखि औषधि पसलबाहेकका सम्पूर्ण पसल ब्यबसाय बन्द रहनेछन् ।

     

    ‘लकडाउन लाइ प्रभावकारी बनाउन यो निर्णय गरेका हौ‌ं,’ प्रजिअ खड्काले भने, ‘यो तीन दिन घरबाहिर निस्कन पाइने छैन ।’ तीन दिनपछि अवस्था हेरेर फेरि निर्णय गरिने उनले बताए ।उनले संक्रमितहरुको कन्ट्रयाक ट्रेसिङलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको छ । 

    आजको कान्तिपुर दैनिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार