Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसपीको पदस्थापनमा बस्नेत र खड्का पावरफूल देखिए


    सोमबार, बैशाख २२ २०७७
    860
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, २२ बैशाख । नेपाल प्रहरीले बढुवा भएका २४ एसपीको पदस्थापन गरेको छ । सोमबार भएको पदस्थापनमा तुलबहादुर कार्की महानगरीय प्रहरी परिसर ललितपुर, होबिन्द्र बोगटी महानगरीय अपराध अनुसन्धान महाशाखा, बेद बिष्ट केन्द्रीय प्रहरी बिशेष कार्यदल कपन,राकेश सिंह भैरहवा विमानस्थल,राजीवबहादुर बस्नेत कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, प्रवीणलाल श्रेष्ठ महानगरीय आयुक्त कार्यालय इन्टेलिजेन्स छन् । 

    त्यस्तै  एसपीहरु सन्तोषसिंह राठौर महानगरीय प्रहरी कार्यालय, शिवकुमार श्रेष्ठ प्रहरी स्कुल साँगा, शान्तिराज कोइराला प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालय,  संजयसिंह थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्र खड्का सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, दीपक पोखरेल १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर, शम्भुप्रसाद ढकाल, मानव बेचबिखन अनुसन्धान ब्यूरो, सन्तोषकुमार भट्टराई महानगरीय अपराध महाशाखा, प्रकाश मल्ल जगेडापुल र वामदेव गौतम महानगरीय ट्राफिक प्रहरी महाशाखामा पदस्थापन भएका छन् । 

    त्यसैगरी, केदार खनाल सुरक्षा परिषद्, ज्ञानेन्द्रप्रसाद फुयाँल कल्याण महाशाखा, दीपेन्द्र शाही घुम्ती पर्यटक प्रहरी कार्यालय, रामप्रकाश साह युएन जगेडापुल, प्रेमबहादुर बस्नेत प्रबन्ध निर्र्देशनालय, प्रवीण धिताल लागूऔषध नियन्त्रण ब्यूरो, दयानिधि ज्ञवाली बैदेशिक समन्वय महाशाखा र राजेन्द्रप्रसाद धमला तालिम महाशाखामा पदस्थापन भएका छन् । 

    पदस्थापन भएकामध्ये एसपी प्रेमबहादुर बस्नेतले प्रहरीको खरिद हेर्ने प्रबन्धमा पदस्थापन हुने मौका पाएका छन् । अर्का एसपी महेन्द्र खड्काले इन्चार्ज पाएका छन् । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा एसपी नै प्रहरीतर्फको प्रमुख पद हो । विभाग पछिल्लो समयमा प्रहरीका लागि पनि असुली गर्ने निकायका रुपमा चिनिएको छ ।

    सुलभ अग्रवाललाई पक्राउ गरी सरकारी वकिलकोमा बयान पनि नलिइकन छाड्ने क्रममा ठूलै रकमको चलखेल भएको र त्यसमा महानिर्देशक रुपनारायण भट्टराई, उपसचिव विनोद लामिछाने, एसपी कमल थापा र डीएसपी वासुदेव पाठकसमेतको मिलेमतो रहेको आरोप लाग्दैआएको छ । 

    कमल थापा अगाडिका एसपी प्रकाश रानाभाटले तत्कालीन महानिर्देशक जीवन सिटौलासँग मिलेर उजुरी परेकाहरुसँग मोलमोलाई गरी अकूत सम्पत्ति आर्जन गरेको आरोप छ । एसपी रानाभाटले क्यासिनो रोयल प्रकरणमा नक्कली भारतीय नोटका कारोबारी सुनिलजंग रायमाझी, विवादित महिला अन्जली श्रेष्ठ, जयन्ती थापा, बाबा भनिने ज्ञानेन्द्र श्रेष्ठसँग मिलेर पचास लाख भन्दा बढी घुस असुली गरी सम्पत्ति शुद्धिकरण विभागमा परेको  उजुरी नै ढिसमिस पारेको आरोप लागेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार