Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • म्याद गुज्रेको २२ बोरा मैदासहित पवन मुन्धडा पक्राउ


    सोमबार, बैशाख २२ २०७७
    590
    Shares
  • २ मिनेट पाठ
  • लहान,बैशाख। मुलुकमा जारी लकडाउनको मौका छोपी म्याद गुज्रेको मैदा बिक्री गरिरहेको अवस्थामा सिरहाको लहानबाट संयुक्त अनुगमन टोलीले एकजना व्यापारीलाई पक्राउ गरेको छ ।

    म्याद गुज्रेको मैदा बिक्री वितरण भइरहेको प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त अनुगमन टोलीले म्याद गुज्रेको २८ बोरा मैदासहित मुन्धडा इन्टरप्राइजेजका सञ्चालक पवन मुन्धडालाई पक्राउ गरेको हो ।

    इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव कमलराज भण्डारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले म्याद गुज्रेको मैदासहित मुन्धडालाई पक्राउ गरेको राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिए ।

    पक्राउ परेका मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए ।

    यसअघि सदरमुकाम सिरहामा कालोबजार गरेको आरोपमा एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै वन कर्मचारीको गस्ती टोलीले सिरहाको लहान नगरपालिका–१७ स्थित राजदेवी सामुदायिक वनभित्र अवैधरुपमा कटान गरिएको साखु तथा खयरका काठ दाउरा बरामद गरेको छ ।

    अवैधरुपमा काठ दाउरा कटान गरिरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले साखु र खयर जातको काँचो काठ दाउरा कटान गरिएको अवस्थामा बरामद गरेको हो।

    गस्ती टोलीलाई देखेपछि तस्कर फरार भएको डिभिजन वन कार्यालय लहान, सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए । रासस

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार