Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौंमा तत्काल लकडाउन नखोल्ने, अरु जिल्लामा अवस्था हेरी खोल्न सकिने


    सोमबार, बैशाख २२ २०७७
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौ, २२ बैशाख ।कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समिति बैठकले लकडाउनको नयाँ खाका बनाउन गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयलाई निर्देशन गरेको छ।

     सिंहदरबारमा सोमबार  बसेको समिति बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको थियो।

    ‘बैठकले भोलि समितिमा खाका पेश गर्न ती मन्त्रालयलाई भनेको छ। सोही सुझावको आधारमा मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ’,समिति बैठकमा उपस्थित एक मन्त्रीले भने।

    अवस्था र सुरक्षा सतर्कता हेरी अन्य ठाउँलाई खुलाउने/कडा बनाउने तयारी गरे पनि तत्काल काठमाडौंलाई भने ‘हाइरिस्क’मै राखिने ती मन्त्रीले बताए।

    उनलेे लकडाउन खुकुलो बनाउने तयारी छ। ठाउँको अवस्था हेरी ग्रीन जोन, रेड जोन, एल्लो जोन गरी छुट्याइने छ। यद्यपी काठमाडौं ग्रीन जोन मै परे पनि तत्काल काठमाडौंमा लकडाउन नखुलाउने छलफल भएकाेे बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार