Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सालीसंग बिहे गर्न श्रीमतीको हत्या


    सोमबार, बैशाख २२ २०७७
    800
    Shares
  • २ मिनेट पाठ
  • जनकपुरधाम, २२ बैशाख । धनुषामा सालीसँग दोस्रो विवाह गर्नका लागि एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । 

    जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । उनका गत वैशाख १८ गते नै हरिले बिणाको सलले घाँटी थिची हत्या गरेका रहेछन्,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘हत्या लगत्तै उनलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेका थिए ।’

     अनुसार चौहानले श्रीमतीलाई लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा घुमाउन लैजाने बहानामा हत्या गरेका हुन् ।गत वैशाख १८ गते नै हरिले बिणाको सलले घाँटी थिची हत्या गरेका रहेछन्,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘हत्या लगत्तै उनलाई मगर्नी खोला छेउमै खाल्डो खनी गाडेका थिए ।’

    वीणा हराएको भन्दै उनका पिताले हुलियासहितको निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो । अनुसन्धानकै क्रममा उनका पति हरिलाई नियन्त्रणमा लिएपछि हत्या गरेर गाडिएको जानकारी आएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार