Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफुहरु निर्दोष रहेको भन्दै मानव अधिकार आयोगमा सांसद महेश बस्नेत र सर्बेन्द्र खनालको उजुरी


    सोमबार, बैशाख २२ २०७७
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २२ बैशाख । राष्ट्रिय मानव अधिकार आयोगमा सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै उजुरी दिएका छन्  । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका उनीहरुले सोमबार आयोगमा गई उजुरी दिएका हुन्  ।
    उनीहरुले  सांसद डा. यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताउदै आएका छन्  ।आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

    यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् ।

    महोत्तरीस्थित घरमै रहेका डा। यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार