Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीमापारी भाग्न लागेका ११ भारतीय नागरिक पक्राउ


    सोमबार, बैशाख २२ २०७७
    675
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, २२ बैशाख  । महोत्तरीको सिमावर्ती क्षेत्रबाट  ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जान लागेका अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

    लकडाउनको समयमा नेपालबाट भारततर्फ जान लागेका उनीहरुलाई महोत्तरीको मनरा सिस्वा नगरपालिका ९ बथनाहास्थित सिमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । एकाबिहानै सीमा पार गर्न लागेका उनीहरुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।उनीहरुलाई नियन्त्रणमा लिएर काम गरिरहेकै ठाउँमा छाडिएको अधिकारीले बताए ।

    नियन्त्रणमा लिइएका सबै भारतको पश्चिम बंगालका हुन् । महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित कोल्हुवा बगेयामा भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएका उनीहरुले खानपिनमा समस्या भएपछि आफ्नो गाउँ फर्किन लागेको प्रतिक्रिया दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार