काठमाडौं, २२ बैशाख ।मुग्लिन-नारायणगढ सडकखण्डस्थित जलवीरेमा पहिरो खसेको पहिरो पन्छाउने कार्य भईरहेको छ । लगान्तार परेको वर्षाको कारण सोमबार पहिरो खसेको थियो ।
इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा सोमबार पहिरो खसेपछि सवारी साधन रोकिएका थिए।
लकडाउनका बेला सडकमार्गमा चलेका एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन केहीबेर रोकिएका हुन्।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले पहिरो पन्छाएर सडक एकतर्फी खुलाइएको जानकारी दिए।
‘पहिरो पन्छाउँदैछौं, केहीबेरमा दुवैतर्फ सडक सुचारू हुन्छ,’ उनले भने, ‘पहिरोसँगै रूख पनि ढलेको छ। रूख काटेर पन्छाउँदै छौं।’