Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • हवाई आक्रमणमा परि साउदी अरबमा एक नेपालीको मृत्यु 


    शुक्रबार, मंसिर १२ २०८३
    15
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साउदी अरबमा भएको हवाई आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणमा अन्य नेपाली घाइते पनि भएका छन् ।

    गत मंगलबार भएको आक्रमणमा घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको जानकारी विहीबार पाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । ‘ती नेपाली कामदारको ६८ प्रतिशत भाग जलेको रहेछ, उपचारको क्रममा दुस्खद निधन भएको उनले बताए।

    परराष्ट्र मन्त्रालयका अनुसार साउदीमा पछिल्ला दिनहरुमा हुथी विद्रोहीहरुले आक्रमण गर्दै आएका छन् । उनीहरुले प्रहार गरेका मिसाइल र ड्रोनलाई साउदीको हवाई रक्षा प्रणालीले आकासमै रोक्ने प्रयास गर्दै आएको छ । त्यसक्रममा उछिट्टिएका टुक्राबाट आगलागी र मानवीय क्षतिका घटना हुँदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार