Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पर्सिसम्म पर्छ झरी – मौसमविद


    सोमबार, बैशाख २२ २०७७
    865
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २२ बैशाख  । देशको अधिकांश  भुभागमा वर्षा भईरहेको छ । मौसमबिदका अनुसार पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको हो । 

    मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले भनिन्, ‘आज र भोलि अलि सक्रिय हुन्छ, भोलिको तुलनामा पर्सि अलि कम हुन्छ ।’ आज र भोलि घाम नलाग्ने र पर्सि अपराह्नबाट मौसममा तुलनात्मक रुपमा सुधार आउने उनको भनाइ छ ।

    हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका अधिकांश भागमा वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको तथा प्रदेश ५ मा ५६ किलोमिटर प्रतिघण्टाको वेगमा हावा चलिरहेकाले सतर्क रहन पनि विभागले अनुरोध गरेको छ । यो प्रणाली पूर्वतर्फ सरिरहेको छ ।

    नेपालमा यस्तो झरीको अवस्था कहिलेसम्म जारी रहन्छ भन्ने यकिनका साथ भन्न मौसमविदले सकिरहेका छैनन् । किनभने नेपालमा तीन दिनभन्दा बढीको मौसम पूर्वानुमान गरिँदैन ।

    मौसमविद नगरकोटीले पर्सि अपराह्नसम्म पानी पर्ने र त्यसपछि केही कम हुने बताइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार