Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोना संक्रमितको संख्या ३५ लाख नाघ्यो, सबैभन्दा बढी अमेरिकामा


    सोमबार, बैशाख २२ २०७७
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २२ बैशाख ।चीन हुँदै  विश्वभर फैलिएको  कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मानिसको संख्या ३५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसका ३५ लाख ६ हजार ९२४ जना संक्रमित फेला परेका छन् । समग्र संक्रमितको एक चौथाइभन्दा बढी संक्रमित अमेरिकामा भेटिएका छन् ।

    अमेरिकामा अहिलेसम्म ११ लाख ५८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै स्पेनमा अहिलेसम्म दुई लाख १७ हजार र इटालीमा दुई लाख १० हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् ।चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या पनि दुई लाख ४७ हजार नाघेको छ । अहिलेसम्म दुई लाख ४७ हजार चार सय ७३ जनाको मृत्यु भइसकेको छ ।

    अमेरिकामा अहिलेसम्म् ६७ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने इटाली र बेलायतमा पनि अहिलेसम्म २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । स्पेनमा पनि २५ हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।अहिलेसम्म विश्वभर ११ लाख २५ हजार भन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् । अमेरिकामा एक लाख ८० हजार मानिस निको भएर घर फर्किएका छन् भने जर्मनीमा एक लाख ३० हजार संक्रमित निको भएका छन् । स्पेनमा एक लाख १८ हजार मानिस निको भएर घर फर्किएका छन् । इटालीमा ८१ हजारभन्दा धेरै निको भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार