Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कोरोना विरुद्धको खोप २०२० को अन्त्यसम्ममा आउछ – ट्रम्प


    सोमबार, बैशाख २२ २०७७
    835
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २२ बैशाख ।। चीनबाट फैलिएको कोरोना भाइरस विरुद्धको खोप २०२० को अन्तिमसम्म तयार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।  उनले कोरोना भाइरस ( टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा  यस वर्षको अन्तिममा यो खोप आउनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

    ट्रम्पले कोरोना भाईरसका कारण बन्द भएका शैक्षिक सस्था खोल्न आवश्यक रहेको उल्लेख गर्दै भने, "उमेर अलि बढी भएका शिक्षकलाई संक्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु जरुरी छ ।" कोरोना भाइरसको विषयलाई लिएर ट्रम्पले अन्तर्वार्तामा विपक्षी डेमोक्रेटिक नेताहरुको आलोचना पनि गरेका थिए । कोरोना भाइरसको कारण अमेरिकाको अवस्था कमजोर भए विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने ट्रम्पको आरोप छ ।

    यसअघि उनले सुझाउँदै आएको कोरोना भाइरसको औषधि हाइड्रोक्सिक्लोरोक्विनको विषयमा भने यो औषधि निर्माण गर्ने कम्पनीसँग आफ्नो कम्पनीको शेयर नरहेको बताए । उनले यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको उनको दाबी छ ।कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै सही कदम नउठाएको आरोप खेपिरहेका ट्रम्पले आफ्नो गुप्तचरले सही सूचना नदिएको कारण समयमा नै प्रभावकारी कदम चाल्न नसकिएको बताए । उनका अनुसार जनवरी २३ मा गुप्तचर स्रोतले अमेरिकामा भाइरस आउन सक्ने भए पनि त्यतिबेला लकडाउन गर्नु जरुरी नरहेको जानकारी दिएको उल्लेख गरे ।

    उनले त्यसभन्दा अगाडि नै चीनबाट आउने जहाज रोकेर भाइरस नियन्त्रणको लागि प्रयास शुरु गरेको भन्दै आफ्नो बचाउ गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार