काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्रायस् सुनसान बनेको छ ।
सधैँ जसो तिब्र सवारी चाप र पैदल यात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् ।
विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा बसोबास गर्दै आएका नागरिकहरू पर्व मनाउन आ–आफ्नो जन्मथलो फर्किएका हुन् ।
दशैँको घटस्थापनादेखि नै उपत्यकाका मुख्य नाकाहरू थानकोट, जगाती, दक्षिणकाली र टोखा हुँदै लामो तथा छोटो दूरीका सवारीसाधनमार्फत यात्रुहरू बाहिरिने क्रम तिब्र बनेको थियो । सधैँ ट्राफिक जामको सास्ती खेप्नुपर्ने नयाँ बानेश्वर, कोटेश्वर, माईतीघर, चाबहिल, रत्नपार्क तथा कलंकीलगायतका व्यस्त चोकहरूमा सवारी आवागमन नगण्य बनेको छ ।
सडकमा फाट्टफुट्ट निजी तथा सार्वजनिक यातायातका साधन मात्रै गुडिरहेका छन् भने दैनिक खुल्ने अधिकांश पसल, व्यवसाय र सरकारी तथा गैरसरकारी कार्यालयहरू सार्वजनिक बिदाका कारण बन्द छन् ।
सडकमा सवारी चाप उल्लेख्य रूपमा घटेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज देखिएको छ । यद्यपि सर्वसाधारण गाउँ गएपछि रित्ता बनेका घर तथा बस्तीहरूमा हुनसक्ने चोरी, लुटपाट र आपराधिक घटना नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ ।
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौं । बडादसैँका अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौं । सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ आयात र बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ । बिस्कुट उत्पादनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend