Nepal Face
  • सोमबार, ३ कार्तिक २०८३
  • गाईवस्तुको दाना प्रयोग भएको पाइएपछि ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्धित


    सोमबार, कार्तिक ३ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’ आयात र बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारबाट सम्पूर्ण उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ ।

    बिस्कुट उत्पादनमा मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आइतबार सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

    विभागका महानिर्देशक सञ्जीवकुमार कर्णको उपस्थितिमा बसेको उच्च व्यवस्थापन समूह र प्रडक्ट रिकल प्राविधिक समितिको आकस्मिक बैठकले उपभोक्ताको स्वास्थ्य सुरक्षा ध्यानमा राख्दै उक्त बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति पूर्णरूपमा स्थगन गर्ने निर्णय गरेको छ ।

    भारतीय नियामक निकाय ‘भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण’ ले अक्टोबर १७ मा जारी गरेको सूचना आधार मान्दै नेपालले यो निर्णय गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार