काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। तर, केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा भने औपचारिक रुपमा घोषणा गरिसकेको छैन।
सहमहामन्त्रीमा निर्वाचित खतिवडाले आफू दुई हजार ९१९ मतसहित विजयी भएको नतिजा पाएको जानकारी दिए। उनका अनुसार अर्का निर्वाचित सहमहामन्त्री शिवाकोटीले दुई हजार ७२ मत ल्याएका छन्।
सहमहामन्त्री (खुलातर्फ) नौ जना उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा थिए। तेस्रो भएका डिल्लीराम सुवेदीले एक हजार ८५१ मत प्राप्त गरेका छन्। उनी गण्डकी प्रदेशका सांसद हुन्।
पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले एक हजार ३८२, राजिव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९ मत ल्याएका छन्। यस्तै अमृतकुमार अर्यालले एक हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत प्राप्त गरेको नेता खतिवडाले जानकारी दिए।
सहमहामन्त्री ९खुलातर्फ० मा सर्वाधिक मतसहित विजयी भएका नेता खतिवडा २ असोजमा देउवा समूह छाडेर मूलधारमा फर्किएका थिए। देउवा समूह छाडेर पछिल्लो समय मूलधारमा फर्किएका नेताहरूमध्ये अहिलेसम्म दुई जना नेतामात्रै पदाधिकारीमा निर्वाचित भएका छन्।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी...
काठमाडौं। ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएका छन्। मंगलबार संसदीय सुनुवाई समितिमा...
काठमाडौँ। दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ । उपत्यकाबाट थानकोट नागढुंगा नाका, साँगाका नाका, दक्षिणकालीलगायत नाकाहरूबाट १ लाख बढी यात्रु...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्। मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र...
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनको लागि वैज्ञानिक तथ्य र तथ्यांकमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । मंगलबार ‘विपद्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend