काठमाडौँ। बुढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरमा ठूलो क्षति पुर्याएको छ।
बाढीले ७२ घरधुरीका भौतिक संरचनामा क्षति पुर्याउनुका साथै गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने पक्की पुलसमेत बगाएको छ।
आइतबार ९हिजो० बिहान आएको बाढीले धादिङको विशालनगर क्षेत्रमा रहेका पक्की तथा कच्ची घरहरूमा क्षति पुर्याएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रभावित ७२ घरधुरीमध्ये ५८ घरधुरी पूर्ण रूपमा क्षति भएका छन्। १४ घरधुरीका भौतिक संरचनामा सामान्य क्षति पुगेको छ। बाढीबाट कुल ३०८ जना प्रभावित भएको प्रहरीले जनाएको छ।
बाढीले गोरखाको आरुघाट गाउँपालिका–९ नयाँपुलबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ सल्यानटार जोड्ने पक्की पुल बगाएको हो। सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि स्थानीय उइनगुलुङ खोला थुनिएको र त्यसपछि बूढीगण्डकी नदीमा बाढी आएको प्रारम्भिक विवरणमा उल्लेख छ।
बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बाढीमा फसेका ६५ वर्षीय जितबहादुर माझीलाई बाढीका फसेको अवस्थामा सकुशल उद्धार गरेको छ।
नुवाकोटको तारकेश्वर नगरपालिका–२ घर भएका माझी हाल धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ कछाडगाउँस्थित छोरीको घरमा बस्दै आएका थिए। उनलाई त्रिपुरासुन्दरी–१ देवीस्थानस्थित बाढीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
बाढीबाट मानवीय तथा चौपायाको क्षति भएको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काको कमान्डमा ४५ जनाको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।
बाढी प्रभावितमध्ये ३५ जना त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित चुलीदेवी माध्यमिक विद्यालयमा स्थापना गरिएको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।
उदयपुर । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एउटा बोलेरो...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् । सोमवार...
काठमाडौँ । काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपरासी पश्चिम बर्दघाट नगरपालिका -४ मा दुर्घटना भएको छ। दुर्घटनामा चालक,सहचालिकसहित सातजना घाइते भएका छन्। सोमबार बिहान साढे...
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँ बसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा...
काठमाडौं । कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र महिला शिक्षिकामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend