काठमाडौं, २१ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन् ।
सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगी र सचिवहरुसँग संसद् बैठक व्यवस्थापनलाई सुरक्षित बनाउने विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । छलफलका क्रममा सभामुख सापकोटाले सङ्घीय संसद्का तर्फबाट गर्न सकिने सबै पूर्व तयारी गर्न निर्देशन दिएका थिए ।
सङ्घीय संसद् सचिवालयले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले सङ्घीय संसद् भवनमा यही वैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरुको बसाइ व्यवस्थापन गरिरहेको जनाएको छ ।
यही वैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा। अमृत पोख्रेलसहितको तीन सदस्यीय टोलीले सङ्घीय संसद् भवनको स्थलगत अनुगमन गरेको थियो ।
अनुगमनपछि स्वास्थ्य टोलीले सबै सांसदहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन र सभाहलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यवस्था मिलाउन सुझाव दिएको थियो ।
टोलीले सांसदहरुका लागि सर्जिकल माक्सको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माइक एक जना सांसदले बोलिसकेपछि सानिटाइज गरेर मात्रै अर्को सांसदले बोल्ने व्यवस्था मिलाउन, हरेक टेबलमा सानिटाइजर राख्न, बैठक कक्षको ‘सेन्ट्रल एसी’ नचलाउनेलगायतका सुझाव दिएको थियो ।
यसैबीच सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा० दुवै सदनको छैटौं अधिवेशन यही वैशाख २६ गतेदेखि शुरु हुँदैछ ।
नेपालको संविधानअनुसार, सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को बर्खे अधिवेशन आगामी शुक्रबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने गरी आह्वान गरेकी हुन् ।
सङ्घीय संसद् सचिवालयले सङ्घीय संसद्का सदस्यहरुलाई उक्त मिति, समय र स्थानमा उपस्थितिका लागि सूचना जारी गरेको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend