Nepal Face
  • बिहिबार, १५ असोज २०८३
  • अडियो प्रकारणमा कृषि मन्त्रीको स्पष्टीकरण: ती व्यक्तिसँग मेरो कुनै सम्बन्ध छैन, प्रमाण ल्याए फेस गर्छु


    बिहिबार, असोज १५ २०८३
    165
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण दिएकी छन् ।

    उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रमाण पेस भए फेस गर्न तयार रहेको पनि उनले जानकारी दिइन् ।

    यसअघि दुई व्यक्तिहरुले कृषिमन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसद ठाकुरसिंह थारु लगायतको नाम लिँदै लेनदेनको कुरा गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको थियो । सो अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर चिनाएको सुनिन्छ ।

    सो अडियोबारे बिहीबार संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समिति सदस्यहरुले कृषिमन्त्री चौधरीसँग जवाफ मागेका थिए । सो विषयमा मन्त्री चौधरीले भनिन्, ‘अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन । व्यक्तिगत, पारिवारिक कुनै सम्बन्ध छैन ।’

    उनले त्यसबारे कानुनी प्रक्रियामा गइसकेको भन्दै अनुसन्धान जारी रहेको विषयमा थप बोल्न नमिल्ने बताइन् ।

    मन्त्री चौधरीले आफू लामो समयदेखि सुशासनका लागि लडेको र जेनजी आन्दोलनमा पनि योगदान दिएको भन्दै अनावश्यक टिकाटिप्पणी गर्नुभन्दा प्रमाणका आधारमा विषय उठाउन आग्रह गरिन् । ‘हामी सुशासनका लागि आएका हौं । टीकाटिप्पणी गर्नुभन्दा पनि प्रमाण छ भने म फेस गर्न तयार छु,’ उनले भनिन् ।

    उनले पत्रकारहरूलाई समेत सत्यतथ्य बुझेर मात्रै विषयवस्तुलाई बाहिर ल्याउन सुझाव समेत दिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार