Nepal Face
  • बिहिबार, १५ असोज २०८३
  • हिम्लुङ हिमपहिरो: थप चार जनाको शव फेला, पाँच जना अझै बेपत्ता  


    बिहिबार, असोज १५ २०८३
    150
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।

    हिमपहिरोमा हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले थप चार शव फेला परेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले चार शव भेटिएको जानकारी दिएका छन्।

    हिमपहिरोमा पुरिएका शव निकाल्ने कार्य भइरहेको उनले जनाएका छन्। शवको पहिचान हुन बाँकी छ।

    यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यस्तै, आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।

    अझै पाँच जना आरोही र सहयोगी सम्पर्कविहीन छन्। उनीहरूको खोजी भइरहेको शेर्पाले जानकारी दिएका छन्।

    असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना हराएका थिए। त्यस्तै, आरोहमा गएका ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार