Nepal Face
  • बिहिबार, १५ असोज २०८३
  • ५५ वर्षमै अनिवार्य अवकाशको प्रस्तावसहित संघीय निजामती विधेयक संसदमा, यस्तो छ पुर्णपाठ


    बिहिबार, असोज १५ २०८३
    200
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको संघीय निजामती सेवा विधेयक संसदमा पुगेको छ।

    भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधेयक दर्ताका लागि प्रतिनिधि सभामा पेश गरेकी हुन्।

    विधेयकमा कर्मचारीले ५५ वर्ष उमेर पूरा गरेमा वा ३० वर्ष सेवा अवधि पुगेमा अनिवार्य अवकाश पाउने व्यवस्था प्रस्ताव गरिएको छ।

    मन्त्रालयका अनुसार ५५ वर्षको उमेरमा अनिवार्य अवकाश पाउने कर्मचारीका लागि पेन्सन प्रयोजनमा ५८ वर्ष सेवा गरेको मानिने व्यवस्था समेत विधेयकमा प्रस्ताव गरिएको छ।

    त्यस्तै, सरकारी सेवाबाट राजीनामा दिएर वा अवकाश पाएपछि अन्य सरकारी नियुक्ति लिनुअघि दुई वर्षको ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने प्रस्ताव पनि विधेयकमा समेटिएको छ।

    संघीय निजामती सेवाको सञ्चालन, कर्मचारीको अवकाश तथा अवकाशपछिको नियुक्तिलगायत विषयलाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक अघि बढाइएको मन्त्रालयले जनाएको छ।

    https://drive.google.com/file/d/1Jisrq9NbyNO6BlMYy34XU9_APFQctlu5/view?usp=drivesdk

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार