Nepal Face
  • बिहिबार, १५ असोज २०८३
  • संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस


    बिहिबार, असोज १५ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले शुक्रबार रातिदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

    असोज १६ गते राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस गरेको हो।

    गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी छन्।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

    संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको हो।

    चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित केही कानुनहरू बनेका छन्। त्यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेशहरू पनि स्वीकृत भएका छन्।

    यस बिचमा धेरै विधेयक संसद्‍मा पेस भएका छन्। आज पनि केही विधेयक संसद्‍मा पेस गर्ने कार्यसूची छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार