Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टीः पाँच नम्बर प्रदेश पनि कोरोना जोखिममा


    आइतबार, बैशाख २१ २०७७
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २१ बैशाख । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण देखिएको छ । नेपालगंजमा ९ जनामा कोरोना संक्रमण भेटिएको हो । पर्सामा एक जनासमेत गर्दा आजमात्रै १० जना संक्रमित थपिएका छन् । नेपालगंजमा आजमात्रै ९ जनामा संक्रमण देखिएपछि  ५ नम्बर प्रदेशमा पनि कोरोना संक्रमण फैलिएको छ ।  यसअघि उदयपुरको भुल्केमा ११ जनामा कोरोना संक्रमण देखिएपछि १ नम्बर प्रदेश संक्रमणको जोखिममा परेको थियो । 

    आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप ९ कोरोना जनामा संक्रमण भएको जानकारी दिएको हो । 

    नेपालगन्जमा भेटिएकाहरुमा  ५ महिला र ४ जना पुरुष रहेका छन् । आज संक्रमित १० समेत नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ । १६ जना निको भएर फर्किएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार