Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्वारेन्टाइन सार्ने क्रममा क्रममा ६७ वर्षीय बृद्धको मृत्यु


    आइतबार, बैशाख २१ २०७७
    600
    Shares
  • २ मिनेट पाठ
  • बैतडी, २१ बैशाख ।  बैतडीमा क्वारेन्टाइनमा लैजाने क्रममा  एक जनाको मृत्यु भएको छ ।उनको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ।

    पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो।

    रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।रिपोर्ट एक/दुई दिनभित्रै आउने उनले बताए।

    भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो। लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै नेपाल आएका थिए।एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।

    उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो ।

    जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ।  मृतकको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए। लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ। यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार