Nepal Face
  • शनिबार, १० असोज २०८३
  • सुस्तामा सशस्त्र प्रहरीद्वारा २९ जना नागरिकको सकुशल उद्धार


    शनिबार, असोज १० २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । अविरल बर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जलसतह बढ्न गई बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको सकुशल उद्धार गरेको छ ।

    असोज ९ गते परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेर थारुटोलाका घरहरूमा पानी पसेपछि १० गते बिहान अन्दाजी पौने ९ बजे सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो ।

    सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जना स्थानीय बासिन्दाहरूलाई सकुशल उद्धार गरेको हो ।
    मानवीय उद्धारका साथै उक्त टोलीले १ वटा गाई र १३ वटा बाख्राहरूको समेत सुरक्षित स्थानमा सारेको छ ।

    उद्धार गरिएका सम्पूर्ण बासिन्दा तथा चौपायाहरूलाई सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । उक्त बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालद्वारा थप उद्धार कार्य निरन्तर जारी राखिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार